Monday 26 October 2015

जे पाए त्यहि सेयर गर्नु हुन्छ ? होस गर्नुहोला !



न्यु योर्क/ अमेरिका
अमेरिकी राष्ट्रपति बाराक ओबामा तथा फेसबुकका संस्थापक मार्क जुकरबर्गले संयुक्त रुपमा बिज्ञप्ति प्रकाशित गरी सामाजिक सन्जाललाई प्रयोग गरी बिभिन्न किसिमका कपोलकल्पित तथा भ्रामात्मक समाचारलाई सत्य तथ्य ठानी सेयर गर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् । 


हिजो अमेरिकाको न्यु योर्क स्थित टाइम्स स्क्वायरमा भएको पत्रकार भेटघाट कार्यक्रममा यस्तो घोषणा भएको हो । बाराक ओबामाले धार्मिक, सामाजिक र साम्प्रदायिक सद्भाव खल्बल्याउन केहि आतंकबादीहरु लागिपरेकोले त्यस्ता अपराधिलाई कारवाहीको दायरामा ल्याउन आफ्नो प्रशासनले सक्दो प्रयास गर्ने बताएका थिए । त्यस किसिमका अपराधिलाई नेपाल लगायतका केहि देशका बज्रस्वाँठहरुले सहयोग गरेको बिषयमा आपत्ति जनाएका थिए । फेसबुकमा भ्रामक समाचार फैलाउने र त्यसैको आधारमा गाली गलौजमा उत्रिने व्यक्ति बिरुद्ध गोप्य रुप  पहिचान गर्नुका साथ साथै त्यस किसिमका व्यक्तिलाई आजीवन अमेरिका प्रवेशमा रोक लगाउने आफ्नो योजना रहेको बताउनु भयो । 

त्यस्तै फेसबुक संस्थापक मार्क जुकरबर्गले आधारहीन, कपोलकल्पित समाचारलाई आफ्नो उत्पादन फेसबुक प्रयोग गरेर सेयर गर्नेहरु पत्ता लगाएर तिनीहरु फेसबुक एकाउण्ट छिट्टै डिएक्टिभेटेड गराउने कुरा बताए । 
साथै फेसबुकमा नयाँ नयाँ फिचरहरु थप्दै जाने कुरा पनि बताउनुभएको थियो । 

केहि दिन एता नेपाली फेसबुक कर्ताहरु बुझ्दै नबुझी समाचार सेयर गर्ने र त्यसैको बिषयमा गालि गलौजमा उत्रिने गरेका छन् । त्यसैको रोकथामको निम्ति नेपाल प्रहरी लगायत पाकिस्तान, कंगो, बेलारुस र युक्रेनका प्रहरीले फेसबुकलाई दबाब दिदै आएका थिए । बाराक ओबामा र मार्क जुकरबर्गको संयुक्त प्रयासबाट यस किसिमका हावादारी समाचार फैलिनबाट रोकिने नेपाल प्रहरी समेत बिश्वास गरेको छ ।   





तस्बिर स्रोत
www.zimbio.com

Sunday 20 April 2014

नारायण काका

घाम डुबिसक्यो, एक हुल ठिटीहरू बोतल ठाडो घाँटी लगाउदै हिडिरहेका छन् । कम्प्युटरको एक कुनामा टाइप गर्दै गर्दा अर्को कुनाको -बेमा टेलिस्कोप सम्बन्धी वेब साइट खुल्लै । किनौ की भनेर सोच्दै छु  

काकालाई सम्झिन्छु नारायण काका मेरो बाल्य अवस्थालाई सबै भन्दा बढी प्रभाव पार्ने मान्छे । बर्खर काठमाडौंबाट बसाईसरी गएको  हेटौंडाको सुरुवाती जीवन थियो उहाँ सात-आठमा पढ्नु हुन्थ्यो, दुईमा बोल्दा सानै कुरामा पनि झर्केर थर्काउने लोटाको पानी थोरै पोखिएर काकाको खुट्टामा पर्यो भने जोडले गर्जिने ' लगेर मलाई राप्तीमा डुबाइदेन, आनन्दै हुन्थ्यो नी '

काका अत्ति एक्टिभ हुनुहुन्थ्यो एकदिन उहाँले चित्र बनाएको देखे, खासै राम्रो होईन त्यो देखेर मैले पनि चित्र बनाउन थाले कागजमा मात्र होईन, छिनो हम्मर लिएर भेटिएको काठको मुडोमा मान्छेको आक्रिती खोप्थे  

एकदिन काकाले भन्नु भयो हाम्रो देशको बिकास गर्न बिज्ञानको बिकास गर्नुपर्छ बैज्ञानिक आविस्कार गरेर नेपाललाई बिकसित बनाउन सकिन्छ सानो भुरो के बुझम ? तर दंग थिए, ' काकालाई यस्तो कुरो कहाँबाट आउछ ?' लहलहैमा लाग्थे बाढी आएको थियो राप्तीमा खेतको कुलोको एक भागमा प्वाल पारेर बाँसको नली घुसार्यौ साइकलको टायरको डाइनामोमा चप्पल गोलो बनाएर काटेको चक्की जोड्यौ सानो बत्ति जोड्यौ बत्ति बलेन त्यसो माइकल फराडेले पनि कहाँ एकै पटकमा बिजुली निकालेको हो ? चित्त बुझायौ  

एकदिन काकाले सुटुक्कघर पछाडि बोलाएर सानो स्वरमा भन्नु भो ' एउटा कार्बाइट भन्ने चीज हुन्छ, केरा पकाउने मेटरियल त्यसलाई प्रयोग गरेर बम बनाउनुपर्छ '   तयार काका पनि तयार तर मेटिरियल किन्ने पैसा छैन् २५ रुपैया त्यो बेला हातमा धेरै परे दश रुपैया, त्यो पनि दशैमा मेरो घरको दराज लुट्ने जिम्मा मेरो, काकाको दराज लुट्ने जिम्मा काकाको बल्ल जुट्यो २५ रुपैया श्री रक्सिको बोतलमा थोरै पानी कार्बाइट हालेर बिर्को टाइट गरेर भाग्यौ ठीक टाइममा अर्को काकाको छोरो गिज्याउदै आयो पानी हालेर बम काहीबम पड्किन्छ भन्दै नजिक गएको मात्र थियो बेजोड सँग पड्कियो सिसाको एक टुक्रो उसको तिघ्रा छोएरै गयो रगतको धारो बग्यो काका मेरो भागा भाग घर फर्किनासाथ आमाले गालामा एक थप्पड बजाउनु भयो मैले थप्पडको कारण सोध्नु आवश्यक ठानिन खुरुक्क भान्सामा बसेर रुन थाले  खोलाको किनारमा हिड्दा ध्यान दिएर हिड्यो भने बहुमुल्य हिरा मोती भेट्न सकिन्छ भनेर आफ्नो गाई बस्तु धपाउदै कम्ता हिडाउनुभएन पनि हिरै पो भेटिन्छ की भनेर् पछि लाग्थे तर पर पर पुगेको काकाको गाई बस्तु बाहेक केही भेटे मार्दिनु  

भर्खर् भर्खर् गोबर ग्यासको कार्यक्रम आएको थियो काकाले ग्यालेनमा गोबर भरेर आगो बाल्ने बिचार गर्नु भयो प्लास्टिकको ग्यालेनमा भेटेजती गोबर खोजेर भरियो ग्यालेन टाइट गरियो १० देखि १५ दिन भित्र ग्यास निस्किने त्यो ग्यासमा आगो बालेर चिया सम्म पाक्ने काकाको भबिष्यबाणी थियो धेरै दिन राखे ग्यालेन नै पड्किन सक्ने भएकोले काका सजग हुनुहुन्थ्यो   बल्ल बल्ल बितेको १५ दिन पछि ग्यालेनको बिर्कोमा पाइप जोड्दा ठ्वास्स गनाउनु बाहेक केही भएन, चिया पाकेन गोबरबाटै ग्यालेन पड्किएको भए सायद माओवादी जनयुद्धमागोबर बम’को रुप प्रशिद्धी पाउथ्यो होला हाम्रो नाम आउथ्यो होला तर भएन  
चिकित्सा बिज्ञानमा आयाम थप्ने सुरमा काकाले धेरै भ्यागुतोको भुँडी टोपाज ब्लेडले काटेर छोड्नु भएथ्यो खोलामा भ्यागुतो समात्ने जिम्मा पाएको थिए काका भन्नुहुन्थ्यो डाक्टर बन्नु अघि सबै यसै गर्छन् भ्यागुतो भुँडी निस्किएर हरिबिजोग गरेर उफ्रिन्थे भुरो, के बुझम डाक्टर बनिन्छ की झै लाग्थ्यो  

काकाले मुलधार छोड्नु भयो अब संगीत तर्फ लाग्नुपर्छ भन्न थाल्नुभयो काठमाडौं गएर डोरेमिफामा संगीत पनि सिक्नुभयो हेटौंडा हार्मोनियमका साथ फर्किनुभयो मलाई गाउन लगाउनुहुन्थ्यो   कनी कनी नारायण गोपालको योमुटुलाई कसरी सम्झाई बुझाउ...” गाउथे काका मेरो स्वरमा मन्त्रमुग्ध भएर हार्मोनियम बजाउनुहुन्थ्यो भन्नुहुन्थ्यो अलीकती तान्न सिक्यौ भने तिम्रो गायन क्षेत्रमा भबिष्य राम्रो  बडो प्रभाबित भए आफै देखि शुक्रबार कक्षामा त्यहि गीत त्यसैगरी गाएको कसैले वास्ता गरेनन, सुनेकी सुनेनन कुन्नि तर काका माथि बिश्वासमा कमी भएन संगीतको बिकाससंगै ब्यवसाय स्वरुप काकाले फिल्मको सिडी भाडामा दिने पसल थाप्नुभयो काकाको ब्यस्तताले संगत छुट्यो केही समयपछी भेट्दा थाहा भयो मान्छेहरू सिडी लग्दा रहेछन तर फिर्ता ल्याउदा रहेनछन बिस्तारै सिडी पसल खालि भयो   ब्यवसाय टाट पल्टिएछ संगीतको माध्यमबाट देशको बिकास गर्ने योजना तुहियो  

काका साहित्यमा लागेर केही गर्नुपर्ने बिचार राख्नु थाल्नुभयो । जीवनमा एउटा किताब लेखेर मात्र मर्नु पर्छ भन्दै नेपाली कापीको अन्तिम पन्नामा बिरक्त मानिस हिडिरहेको बिषयमा एकपाना लेखेर देखाउनुभयो भुरो के बुझम ? जीवनमा एउटा किताब लेख्नै पर्ने रहेछ भनेर मैले पनि एउटा नयाँ कापीको पहिलो पन्नामा केही लेखेको थिए शिर्षक 'रगत' थियो चार कक्षामा पढ्दा के लेख्न सक्थे ? स्वाभाबिक हो, अधिकांस हिन्दी फिल्मसँग मिल्दो जुल्दो थियो कथा  
         
चार कक्षापछी काठमाडौं नै बसाई सर्यौ काकाको संगत छुटे पनि काकाले जगाइदिनुभएको भोक साम्य भएन कक्षा देखि नै राम्रो कबिता लेख्न सक्ने बनेछु प्रथम पुरस्कार पनि पाए - मा पढ्दा चित्रकला प्रतियोगिताको जिल्ला स्तरिय प्रतियोगितामा प्रथम/ दितिय बनिसकेको थिए झन बिज्ञानको भोक कहाँ मेटिन्थ्यो ? आफैले बारुद बनाएर तिहारमा पटका पड्काउन सक्ने भैसकेको थिए कक्षा - तिर टेबल टेनिसको बल प्रयोग गरेर रकेट झै काम गर्ने  एउटा सानो गाडी बनाए तर मैतिदेबीमा गरिएको त्यो परिक्षण असफल भयो गाडी थोप्पो अगाडी बढेन कक्षामा सरले आवर्तनिय (refractive) टेलिस्कोपको बारेमा पढाउनुहुन्थ्यो, परावर्तनिय (reflective) टेलिस्कोप आफैले बनाएर स्कुल लान्थे त्यो टेलिस्कोप कति शक्तिशाली थियो, त्यो थाहा भएन तर आफैले बनाएको भएर होला गर्व लाग्दो रहेछ प्रदर्शनी मार्गबाट सिहदरबार अगाडीको होर्डिङ बोर्डमा लेखेको सबै अक्षर पढ्न सकिन्थ्यो खालि आँखाले हेर्दा धर्को मात्र देखिन्थ्यो  माओवादीलाई आतंककारी घोषणागरेपछी  स्कुलको सरको निर्देशन अनुसार बिज्ञानका सबै सामान टुकुचा फ्याक्न वाध्य भए । 

काकाले भने झै खोलामा बहुमुल्य हिरा मोती कहिले भेटिन तर खोलाले बगाएर ल्याएको हाँगाबिङा जराहरूलाई पेन्टिङ गरेर कलात्मक बस्तु बनाउन सके पछी त्यहि जरा कलेज पढ्दा बिद्या देबी भण्डारीलाई उपहार स्वरुप दिएँ पनि एक ब्रिटिश शिक्षक ४२५ पाउन्ड पर्ने, खोलाले बगाएर ल्याएको जराबाट बनेको कुर्सीको फोटो हालेका छन फेसबुकमा   काम नलाग्ने जराबाट त्यस्तो सम्म बन्दो रहेछ । 

काकालाई नभेटेको पनि करिब ९-१० बर्ष भईसकेछ । अझै पनि सोच्दै छु ७ कक्षा पढ्दा देखि काका कसरी त्यति ट्यालेन्टेड हुनुभयो ? म त भुरो थिए लहलहैमा लाग्थे तर काकालाई धेरै कुरा थाहा रहेछ सानै देखि । मैले बनाएको टेलिस्कोप पनि हराइसक्यो । सोच्दै छु यहि ई-बे बाट एउटा टेलिस्कोप किन्नुपर्ला । आफैले बनाए जस्तो माया लाग्दो त छैन तर धेरै पावरफुल छ ।


Tuesday 28 January 2014

देहब्यापार किन गैरकानुनी ?

मेरो नाम संगिता (नाम परिवर्तन) हो । बुवाले रक्सी खाएर दिन दिनै आमा पिट्ने । अनि बस्नै नसकेर काठमाडौं आएको केही काम पाएन अनि एउटा दाईले यस्तो काममा लगाइदिएको ।

मेरो नाम सिता (नाम परिवर्तन) हो । धेरै जना भाई बहिनी; कमाउने बुवा मात्र । बुवा पनि बिरामी भएर थला परेपछि कमाउने कोहि भएन । राम्रो काम खोजेको कतै पाइएन । अनि यस्तो पेशा थालेको ।

यस्ता किसिमका परिवर्तित नाम तर समान ब्यथा बोकेका समाचार आज सम्म कैयौ पटक पढिसक्यौ । प्राय जसो सस्ता गेष्ट हाउस र लजमा प्रहरीद्वारा छापा मारेको भोलिपल्ट देखि सुरु हुन्छन् यस्ता समाचारका लर्को । प्रहरीले समात्छन, अनि पत्रिकाले आपत्तिजनक, नग्न अवस्था, देहब्यापार, बेश्याब्रिती जस्ता आकर्षक शिर्षक दिएर छाप्छन । केही समयपछी छुट्छन । समाचार सेलाउछ । फेरि अर्को गेष्ट हाउसमा छापा मारिन्छ । फेरि आपत्तिजनक, रङेहात, नग्नअवस्था, देहब्यापार, बेश्याब्रिती दोहोरिन्छन । तर ती युवतीहरू जसको घरमा एक बुजो गाँस, एकसरो कपास नभएर यो पेशामा लागेकी हुन्छिन तिनलाई पत्रिकाको अर्को प्रति आएलगतै बिर्सिन्छौ ।

बिरामी बाउ उपचार गर्न, भाई बहिनि पढाउन , ॠणले डुबेको घर उकास्न उनले आफ्नो शरीर अरुलाई सुम्पिन वाध्य भएको ब्यथा सभ्य समाजका कमै सदस्यले सुन्छन किनभने उनी तथाकथित बेश्या हुन ।
बेलाबखतमा देहब्यापारलाई निश्चित क्षेत्र छुट्याएर कानुनी मान्यता दिनुपर्छ भन्ने मलिनो आवाज सुनिन्छ तर सुनुवाई भएको छैन । नेपाल एक अत्यन्त गरिब देश हो, यो मैले भनेको हैन अधिकांस बिदेशी आयोग, नियोग, संघसङठनका तथ्यांकले भनेको । एक तिहाइ जनता निरपेक्ष गरिबीको रेखामुनी बाँच्न वाध्य छन् । बेरोजगारीको बिकराल समस्या बुझ्न दैनिक श्रम स्वीकृति लिने २ हजार युवायुवतीको लाइन हेरे पुग्छ । बिदेशी दान दक्षिणामा चलेको अब्यवहारिक शिक्षा नितीले न देश मै रोजगारप्राप्त गर्न सम्भव छ न त स्वरोजगारको नीम्ति सबैसँग यथेष्ट पुँजी छ । यस्तो हबिगतमा एक गरीब युवतीको नीम्ति दुई वटा बिकल्प हुने नै भए । या त बिदेशी दलाल साथ लागेर खाडी मुलुक पस या स्वदेश मै देह ब्यापारमा लाग ।

अशिक्षित र सीपबिहिन महिलाले खाडी मुलुकमा पाउने काम भनेकै घरेलु काम हो । स्वदेशमा देहब्यापारमा नलागी खाडी मुलुकमा घरेलु कामदारको रुपमा गएका महिलाले भोगेको यौन शोषण र हिंसाको चर्को रुप; पीडा सहदा सहदै मानसिक सन्तुलन गुमाएर फर्किएका महिलालाई हेरेर थाहा पाईन्छ । लैंगिक समानता र सशक्तीकरणका लागि राष्ट्रसंघीय निकाय युएन वुमनले गत वर्ष गरेको एक अध्ययन अनुसार, अहिले १११ नेपाली महिला कुबेत, साउदी अरब, यमन र लेबनानका कारागारमा छन्। ८२ जनाले उतै आत्महत्या गरेका छन् भने ३१ बेपत्ता छन्। उद्धार गरेर नेपाल फर्काइएका २८२० मध्ये ४१५ मानसिक सन्तुलन गुमाएका, ८६ अनिच्छित गर्भ बोकेका र ३२ बालबच्चासहित आएका छन्। यस्तो असुरक्षित अवस्था देख्दा देख्दै पनि अझै कतिपय महिलाहरू बिदेशिने क्रम रोकिएको छैन । स्वदेश मै रोजगारी मिल्दो हो त किन जान्थे पीडित हुन ?
खाडी मुलुकका डरलाग्दो वातावरण देखेर स्वदेश मै केही गरौ – काम छैन । हातमा सीप छैन । पुँजी छैन । तर पेटले धेरै दिन कुर्न सक्दैन । वाध्य भएर देहब्यापारमा लागेर बिरामी बुवा, भोका भाई बहिनीको उद्दार गर्न खोज्दा प्रहरी बीचमा आइपुग्छ । र सभ्य समाज सामु सिधै ‘बेश्या’ बाट सम्बोधित हुनपुगिन्छ ।
पेट पाल्न यो पनि नगर्ने हो भने उनीसँग के बिकल्प रह्यो ? आत्महत्या ? त्यसो त गरिबीको कारण आत्महत्या गरेका घटना पनि नभएका होइनन । एक गरीब नेपाली नागरिकलाई गरिबी कै कारण आत्महत्या गर्न वाध्य पार्नुराम्रो हो ?

विकिपेडियामा खोजी हेर्दा नेपालमा देहब्यापार कानुनी पनि हैन गैरकानुनी पनि हैन भनेर लेखेको छ । यसको अर्थ प्रहरीसँग टाकटुक कुरा मिलाउन सके कानुनी नत्र गैरकानुनी हुन्छ भन्ने खोजेको हो की ? नभए तारे होटेलहरूमा छापा मारेर आपत्तिजनक अवस्थामा पक्राउ परेको समाचार त कहिले आउदैन । महिनाको २९ दिन चुपचाप । एकदिन एकाध बाग्बजार, सुन्धारा, बालाजुका सस्ता गेष्टहाउसमा छापा मारेको सुनिन्छ । कारण के हो ? तारे होटेलमा आपत्तिजनक क्रियाकलाप हुनैसक्दैन भन्ने पूर्वअनुमान हो की सस्तालाई ठटाएर महँगो तारेबाट ‘सुरक्षा अथवा हप्ता’ को नाममा मोटो रकम असुल्न? बिचरा त्यहाँ पनि गरीबलाई नै सास्ती ।

केही इन्जिनियर, पत्रकार, वकिल, अध्यापक, बिद्यार्थी र ब्यवसायी मित्रसँग अनौपचारिक कुराकानी गरे । निश्चित क्षेत्र छुट्याएर कानुनी मान्यता दिए हुने तर नेपाली समाजले देहब्यापार पचाउन नसक्ने कुरा गरे उनीहरू । हाम्रो समाज बुझ्नै नसकिने किसिमको छ । बालिग युवायुवती भावनाको कारण, आकर्षणको कारण अथवा शारीरिक आवश्यकताको कारण बिवाह नै नगरी संगै बस्न ‘लिभ इन रिलेसनसिप’ कानुनी रुप मै पाईन्छ । यो कानुन देख्दा नेपालको सामाजिक उदारता बेलायत र फ्रान्सको हाराहारीमा देखिन्छ । अझै समलिङी विवाह अर्थात पुरुष पुरुषसँग, महिला महिलासँग बिवाह गर्न कानुनले नै मान्यता दिएपछी त नेपालको सामाजिक र कानुनी उदारता बेलायत र फ्रान्स भन्दा माथी पुगेको देखिन्छ किन भने फ्रान्समा समलिङी बिवाहको बिरोधमा डेढ लाख जनाले प्रदर्शन गरेका थिए । बेलायतमा बल्ल २०१४ को मार्च देखि यो कानुन लागु हुँदैछ, नेपालले ५ बर्ष अघि नै बनाईसक्यो त्यो पनि रत्नपार्कमा एउटा पनि टायर नबलिकन । इजिप्टमा श्रीमतीको मृत्‍यु भएको ६ घण्टासम्म श्रीमानले यौन सम्पर्क गर्न पाउने कानुन बन्न लागेको अनावश्यक हल्ला चलिरहदा, नेपालमा श्रीमतीको इच्छा बिना हुने यौन सम्बन्धलाई बलात्कारको दर्जा दिने कानुन बनिसकेको थियो । प्रत्यक्ष यौनसँग सरोकार राख्ने यी बिषयलाई नेपाली समाजले बिना टायर बालि पचाइरहेको छ तर एक गरीब युवतीले त्यहि यौनसँग सरोकार राखेर पेट भर्न खोज्दा समाज बाधक बनिदिन्छ । अघिसम्म सोचाइको स्तर बेलायत र फ्रान्सलाई भन्दा अघि बढेको नेपाली समाज जब देहब्यापार गरेर पेट भर्ने कुरा आउछ, अफगानिस्तान, इराक, साउदी अरबियाको हाराहारीमा पुगिदिन्छ ।

मेरो उमेर पत्रिकामा लेखिएका शब्दहरू बल्ल बल्ल बुझ्ने हुँदा देखि यो समस्या पढ्दै आएको हो । आज त्यहि पत्रिकामा लेख्ने उमेर हुँदा सम्म समस्या झनझनै बढेको छ । तारे होटेलमा बैठक गरेर महिला हकहित र सशक्तीकरणको नाममा करोडौ सकियो होला, एनजिओ, आइएनजीओले कति डलरको खोलो बगाए होलान तर उपलब्धी खै त ? सायद महिला हकहितका अभियन्ताहरू मध्येका एक समूह नै भन्दा हुन देहब्यापार नैतिक कार्य होईन भनेर । प्रचण्डका शब्दका ‘सुकिला मुकिला’ले तारे होटेलमा वाइनको चुस्की लगाउदै निर्माण गरेको नैतिकताको परिभाषा भोको पेट दिनभरी रत्नपार्कमा ग्राह्क कुर्दै उभिएकी महिलालाई लागु हुन्छ होला ? तैपनि नैतिकता के लाई भन्ने ? हजामले हातले कपाल काटेर सेवा दिन्छ । रिक्सावालाले खुट्टाले पेलेर । गायकले घाँटीको सहारामा पैसा कमाउछ । मोडलले सुन्दर शरीर देखाएर । एक बालिग र स्वतन्त्र नागरिक भएको हैसियतले भन्नुपर्दा मेरो पेट पाल्न शरीरको कुन अङ्गको प्रयोग गर्ने भनेर निर्णय गर्ने अधिकार मलाई हुनुपर्छ , सरकारलाई होईन ।

देहब्यापारको नीम्ति निश्चित क्षेत्रलाई छुट्याएर कानुनको दायरामा ल्याउने हो भने शैक्षिक, आर्थिक र सामाजिक परिवर्तनमा योगदान दिलाउन सकिन्छ । जस्तै :

  • देहब्यापार संचालानको नीम्ति अनुमतिपत्र दिन मोटो रकम राजस्वको रुपमा उठाउन सकियो। जसलाई शिक्षा र सिपमुलक तालिम बितरणको नीम्ति खर्च गर्न सकिन्छ।
  • छरिएर र लुकेर रहेका देहब्यापारीहरू कानुनी मान्यता पाएपछि सङठित हुनेछन । त्यसो त एड्सको प्रकोप नेपालमा पहिले जस्तो रहेन तैपनि सङठित अवस्थामा एड्स र यौनरोग सम्बन्धी रोकथाम र अनुगमन गर्न सजिलो र कम खर्चिलो हुनेछ ।
  • कानुनको दायरामा आएपछि देहब्यापारमा लागेकाहरूलाई बार्षिक शरीर जाँच गराउनुपर्ने नियम राख्न सकियो जसले स्वास्थ्यचौकी लगायतमा रोजगारी सिर्जना हुनेछ, आर्थिक क्रियाकलाप बढ्नेछ ।
  • स्पष्ट कानुन बनाएपछि त्यसको उल्लंघन गर्नेलाई देह ब्यापारी, संचालक, सेवाग्राहीलाई कारवाही स्वरुप जरिवानाको ब्यवस्था गर्न सकियो । जसले राजस्व बढाउन मद्दत गर्छ । अहिले त छापा नमारिएको कैयौ गेष्ट हाउस र लजले गैरकानुनी पैसा कमाइरहेका छन । 
  • देहब्यापारीहरू आफैलाई थाहा की छ उनीहरू गैरकानुनी धन्दा गर्दैछन । यस्तो अवस्थामा उनीहरू माथि हुने ब्ल्याक मेलिङ, यौन शोषण र अन्य अपराधको बारेमा उजुरी गर्न सक्दैनन । किनभने कानुनको नजरमा उनीहरू पहिला दोषी हुन । पीडितको मानवअधिकारको रक्षा हुन जान्छ ।
देहब्यापार कानुनी बने पनि बाबुआमाले सन्तानलाई डाक्टर, ईन्जिनियर, पाइलट, बैज्ञानिक नै बन्ने सल्लाह दिन्छन, सन्तान पनि त्यहि चाहन्छन । र बन्नु पनि पर्छ । तर एकपटक आफूलाई देहब्यापारीको स्थानमा राखेर हेरौ त । सिप छैन, शिक्षा छैन, ब्यवसाय गर्न पुँजी छैन, रोजगारी कहि पाइंदैन । बिदेश जाँदा मानसिक सन्तुलन बिग्रिने गरि दु:ख पाईन्छ । अनि के गर्ने ? करिब ९ प्रतिशत बेरोजगार भएको फ्रान्स र बेलायतमा देहब्यापारलाई कानुनले मान्यता दिएको छ तर ४६ प्रतिशत बेरोजगार भएको हाम्रो देशमा किन नदिने ? की एकै पटक शतप्रतिशतलाई रोजगार दिने गोप्य योजना बन्दै छ ?

थप छलफल पढ्न : 
http://www.mysansar.com/2014/01/10213/

Sunday 8 December 2013

मोडर्न मुना मदन

मुना र मदन सानै देखि एकै कक्षामा पढ्दै हुर्किए संगै स्कुल जान्थे संगै खेल्थे संगै पढ्थे नौ कक्षामा टेकेलगतै मुना र मदनमा जवानीका परिवर्तन देखा पर्न थाले मदन भित्र भित्रै मुनालाई मन पराउन थाल्यो स्कुल जाने क्रममा एकदिन प्रेम प्रस्ताव पनि राख्यो तर मुनाले साथी बाहेक अरु सोच्न नसक्ने भन्दै अस्विकार गरिन  

त्यसपछी मदन मुनाको साथ पाउन तड्पिन थाल्यो मुना भने मदनबाट टाढा भाग्न थालिन दुबै एसएलसी सके मदन अझै मुनालाई बिर्सिन सकेँन प्लस टु समेत मुना पढ्ने कलेजमा भर्ना गर्यो तर मुनाले बाल दिईनन प्लस टु समेत मुनाको पछि लागेर सक्यो मदनले अन्तमा हार खायो मुनाबाट टाढा जाने निर्णय गर्यो बाँकी अध्ययन पूरा गर्न अमेरिका जान कस्सियो  

तीन पटक लगातार असफल भएपछि बल्ल अमेरिका जाने भिसा पायो मदनले अमेरिका जाने भिसा पाएको कुरा साथिहरू मार्फत मुनाको कानमा पर्यो उनको मनमा प्रेमको अँकुरण भयो कता कता मदनलाई भित्रै देखि माया गर्न थालेको भान भयो तर मदन अमेरिका जादै थियो उनलाई आफ्नो प्रिय ब्यक्ति सदाको लागि टाढा जान लागेको महसुस भयो उनमा छट्पटी बढ्दै गयो सपनामा समेत मदन प्लेन चढेको देख्न थालिन अमेरिकाको चिल्लो सडकमा गाडी कुदाउदै गरेको देख्न थालिन  

त्यसपछी उनले आफूलाई सम्हाल्न सकिनन मदनलाई भेट्न गइन गह भरी आसुँ लिएर मदनको हात समात्दै प्रेमको भिख मागिन आफू पनि बच्चै देखि मदनलाई मन पराएको तर भन्न नसकेको भनेर सम्झाउन खोजिन तर मदन मानेन मुनाको हात आफ्नो हातबाट हटाउदै भन्यो " तिमी नेपालमा हुने छौ, अमेरिकामा यस्तो अवस्थामा प्रेम रहन सक्दैन तिमी आफ्नो जीवनसाथी यहि कतै खोज " यदि भन्दै मदन हिड्यो मुना रोइरहिन टाढा सम्म मदन हिडिरहेको हेरेर आसु झारिरहिन  
   
अमेरिका पुगेपछि मदनको नयाँ दिनहरू सुरु भयो बिहान उठेदेखी कामको खोजीमा पेट्रोल पम्प स्टोरहरू धाउन थाल्यो दुई महिनाको अबिरल खोजपछि भारतिय मुलको महिलाको पेट्रोल पम्पमा काम पायो केही समय काम पढाईलाई सँग संगै लग्यो तर कलेज फी तिर्ने बेला काम गरेर कमाएको सबै पैसा बुझाउदा मन कुटुक्क काटियो त्यसपछी उसले पढाई छोडेर काम मात्र गर्न थाल्यो बल्ल भने राम्रो पैसा जोगाउन थाल्यो  

उता नेपालमा मुना मदनको प्रेममा छट्पट्टिएर बेहाल भएकी थिईन त्यहि भएर उनले पनि अमेरिका गरेर मदनलाई भेट्ने मनमनै अठोट गरिन डिभी भरिन सच्चा मनले चाहेको कुरा भगवानले समेत जुराउछन उनलाई डिभी पर्यो खुशिको सिमाना रहेन डिभी परेको यति खुशि भईन की मदनलाई भुल्न पुगिन यसै अमेरिका जाने उसै अमेरिका जाने भनेर मदनलाई खबर गर्नु आवश्यक ठानिनन दोस्रो पत्र आए लगतै उनी अमेरिका उडिन  

सुरुका दिनमा धेरै गाह्रो भयो अमेरिकामा काम पाइएन बल्ल बल्ल पाएको काम पनि तीन घण्टा गाडी चलाएर जानुपर्ने ठाउँमा जसो तसो गरि मदन बसेकै राज्यमा एउटा पसलमा सामान मिलाउने काम पाईन यो कुरा मदनले साथी मार्फत थाहा पायो त्यसपछी मदनमा आफ्नो प्रेम फर्किएको अनुभव भयो भित्रै देखि फेरि मुनालाई चाहन थाल्यो एकदिन बल्ल बल्ल ठेगाना पत्ता लगाएर मुना भएको स्थानमा पुग्यो
  
 मुनालाई देख्नासाथ न्यानो अँगालो मार्यो भन्यो " मुना तिमीलाई अझै सम्म बिर्सिन सकेको छैन आइ स्टिल लभ यू " मुनाले अँगालोबाट फुत्किदै भनिन " तर बागमतीमा पानी धेरै बगिसक्यो अब तिमिलाई माया गर्न सक्दिन तिमी आफ्नै खालको जीवन साथि खोज " मदन छाङाबाट खसे जस्तै भयो आज भोलि गर्दै बिस्तारै उसको अमेरिकाको भिसा सकिने मिती नजिकिदै थियो त्यसपछी उसलाई नेपाल फर्किनुपर्छ भन्ने डरले पोलिरहेको थियो त्यसकारण मदन झन् झन् मुनालाई माया गर्न थाल्यो   
 
उनलाई पाउन अमेरिकामा पनि तड्पिन थाल्यो बिस्तारै भिसा सकिने मिती नजिक आयो मदनसँग दुई वटा बिकल्प रह्यो की शरणार्थी बनेर बस्ने की अमेरिकी नागरिकता भएको युवती सँग बिहे गरेर बस्ने धेरै दिन सम्म बिहे गर्न मिल्ने युवती खोज्दै बाटोमा हिंड्न थाल्यो तर फेला पार्न सकेन एकदिन काम गर्दै गर्दा आफ्नो पसलको साहुनी देख्छ पूर्वपती सँग पारपाचुके गरेर आफ्नै पेट्रोल पम्प चलाएकी, आफू भन्दा दोब्बर उमेरको भए पनि अनुहारमा चमक हराएको थिएन मदन मन मनै साहुनीसँग बिहे गर्ने सपना देख्छ कहीले गिफ्ट किनिदिने कहीले घुमाउन लग्ने गर्न थाल्छ एकदिन साहुनीलाई आफ्नो चोखो मनको प्रस्ताव राख्छ साहुनी पनि एक्लो जीवनबाट मुक्त हुन प्रस्ताव स्विकार्छिन हेर्दा हेर्दै मदनको भिसाको समस्या मात्र होईन रोजी रोटी समस्या समेत समाधान हुन्छ साहुनीको नाममा भएको दुई वटा पम्पको मालिक बनेर इज्जतसाथ जिन्दगी बिताउन थाल्छ  

तर उता मुनाको हालत खराब हुन्छ अर्थतन्त्र धराशायी भएको भन्दै कामबाट निकालिन्छिन भिसा तर काम छैन् भनेर उनको मन धेरै रुन्छ चारैतर्फ काम खोज्न भौतारिन्छिन एकदिन काम खोज्ने क्रममा एउटा पेट्रोल पम्प पुग्छिन त्यहाको काम गर्नेले साहु बस्ने स्थान देखाइदिन्छन जब त्यहा पुग्छिन मुना फेरि छाङ्गाबाट खसे जस्तै हुन्छिन साहु मदन हुन्छ त्यत्रो ठुलो पेट्रोल पम्पको साहु मदनलाई देख्दा मुनाको मनमा फेरि पुरानो प्रेम सल्बलाउन थाल्छ अन्तर्वार्ता दिन गएकी मुना प्रेमबार्ता गर्न चाहन्थिन तर मदनले बिष्णुमतीमा धेरै पानी बगिसकेको भनेर उनको प्रेम प्रस्ताव फेरि ठुक्राउछ आफ्नो जीवनमा कहिले फर्केर नआउन चेतावनी दिन्छ त्यसपछी मुना मदनलाई सम्झेर रुदै रुदै आफ्नो बाटो लाग्छिन

 मदन भारतिय महिलाको पेट्रोल पम्प विश्वब्यापी आर्थिक संकट आएपछि टाट पल्टिन्छ दुबै  जना ऋणमा चुर्लुममा डुब्छन ऋण तिर्न नसकेर भारतिय महिलाले आत्महत्या गर्छिन पत्नी बियोग, ऋणको समस्या मुनाको सम्झनाले गर्दा मदनको मानसिक सन्तुलन हराउने स्थितिमा हुन्छ फलस्वरुप मदन दिन दिनै रक्सी पिउन थाल्छ उता मुनालाई एक डलरमा किनेको लोट्टोमा अचानक १०० मिलियन डलर पर्छ यो खबर पाए लगतै हतारिएर बुझ्न पसल तीर गाडी चलाएर जान्छिन आफ्नो जिन्दगीको सबै दु:खका दिन जाने भएर भनेर अत्ती खुशि भएर दुई हात छोडेर गाडी चलाउदै गर्दा मदन रक्सीले फिट्टान भएर सडकको बीच आइपुग्छ मदनलाई बचाउन खोज्दा मुनाको गाडी भित्तामा ठोक्किन्छ मदन हत्तपत्त मुनाको गाडी भित्र हेर्छ रगताम्मे मुना अन्तिम श्वास फेर्दै हुन्छिन मदनले मुनाको आँखामा हेर्छ हात समातेर संगै स्कुल गएको दिन सम्झिन्छ पाखुरा हेर्छ संगै छोइडुम खेलेको सम्झिन्छ कम्मरमा हेर्छ संगै इन्टुमिन्टु खेलेको सम्झिन्छ हातमा हेर्छ लोट्टो देख्छ सोच्छ पक्कै पनि यो पल्टको १०० मिलियनवाला लोट्टो हुनुपर्छ भन्दै खोसेर लिन्छ लोट्टो खोसिएपछी मुनाको प्राण फ्यास्स जान्छ कसैले देख्ला भनेर लोट्टोको कागज लिएर डौडिन्छ लोट्टो पाएपछी हाई वे हो भन्ने पनि बिर्सिन्छ पछाडीबाट एउटा गाडीले बजाइदिन्छ उसको पनि तत्काल मृत्यु हुन्छ